➤ स्कुलका पिता — पद्म शमशेर
➤ सन्की राजा — श्री ५ सुरेन्द्र
➤ जिउँदो सिंह — अमरसिंह थापा
➤ कला बहादुर — माथवरसिंह थापा
➤ अभागी राजा — जयप्रकाश मल्ल
➤ सिमसिमे राजा — शिवसिंह मल्ल
➤ जनताका कम्युनिष्ट — पुष्पलाल
➤ बौलाहा युवराज — श्री ५ सुरेन्द्र
➤ बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
➤ नेपालका शुकरात — नयराज पन्त
➤ दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
➤ बूढा महाराज — भीम शमशेर
➤ नेपालको शाहजहाँ — खड्ग शमशेर
➤ धनकुटे राजा — देव शमशेर
➤ शेरे धनुषा — हेमबहादुर मल्ल
➤ नेपाल मण्डलेश्वर — यक्ष मल्ल
➤ धोकेवाज नेता — डा. तुलसी गिरी
➤ कोत पर्वकी आमा — राज्यलक्ष्मी
➤ जनक — शिरध्वज
➤ अवसरवादी नेता — विश्ववन्धु थापा
➤ नाति जर्न्ेल — पशुपति शमशेर राणा
➤ युगले मागेको नेता — जङ्गबहादुर राणा
➤ अयोग्य राजा — श्री ५ राजेन्द्र
➤ न्याय गर्ने राजा — राम शाह
➤ राजाका पञ्च — कीर्तिनिधि विष्ट
➤ नेपालेश्वर — श्रीनिवास मल्ल
➤ कलहा भिमानी — अंशुवर्मा
➤ नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
➤ शिक्षाको दधीचि —शंकरदेव पन्त
➤ फिस्टे महाराज — चन्द्र शमशेर
➤ रुन्चे महाराज — पद्म शमशेर
➤ नानी युवराज — सुरेन्द्र
➤ शान्तिश्री — प्रचण्डदेव
➤ जिउँदो सहिद — टंकप्रसाद आचार्य
➤ पञ्चको शाह — शरदचन्द्र शाह
➤ राजनीतिज्ञ राजा — महेन्द्र
➤ संकटको पञ्च — सूर्यबहादुर थापा
➤ माहिला मिनिष्टर —बमबहादुर राणा
➤ हरिततारा — भृकुटी
➤ राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
➤ धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
➤ धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
➤ खलङ्गाको नायक — बलभद्र कुँवार
➤ खरदार बा — कृष्णप्रसाद कोइराला
➤ सान्दाजु — वि.पि कोइराला
➤ लौह पुरुष — गणेशमान सिंह
➤ सर्वोच्च नेता — गणेशमान सिंह
➤ एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
➤ राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
➤ राष्ट्रपिता — त्रिभुवन
➤ पञ्चायतको मलामी — मरिचमान सिंह
➤ स्वामी महाराज — रणबहादुर शाह
➤ स्वामी अभयानन्द — रणवीरसिंह थापा
➤ राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
➤ विमान पण्डित — अच्यूतानन्द
Monday, August 27, 2018
कसलाई के भनेर चिनिन्छ
विभिन्न जाति सग सम्बन्धि नृत्यहरु
● पुटपुटे नाच = गुरुङ
● चन्डि नाच = राई
● च्याब्रुङ नाच = लिम्बु
● धान नाच = लिम्बु
● बार्हमासे नाच = थारू
● झुमरा नाच = थारु
● लठ्ठी नाच = थारू
● तरवाल नाच = थारु
● जटजटिन नाच = थारू
● कटेहर नाच = थारु
● सेलो नाच = तामाङ
● कर्माधर्मा नाच = झागड
● धिन्तामे नाच = ज्यापू
● झिझिया नाच = मैथिलीसमुदाय र थारु
● कौरा नाच = मगर
● पाङ्दुरे नाच = मगर
● मारुनी नाच = मगर
● बसन्त नाच = नेवार
● तयमचा नाच = नेवार
● लाखे नाच = नेवार
● गहेडि नाच = माझी
● कहरवा नाच = कहार
● स्याब्रु नाच = तामाङ शेर्पाभोटे लोवा
● रोदि, साेरठि, झाम्रे र टप्पा नाच = गुरुङ मगर
नेपालमा शैक्षिक विकास सम्बन्धित 20 वटा सामान्य ज्ञान
१) नेपाली भाषाको शुरुवात कहाँबाट भएको हो?
✓कर्णाली अञ्चलको सिंजाबाट
२) दरबार हाइ स्कुलको स्थापना कहिले भएको थियो?
✓विसं 1910 असोज 27
३) भाषा पाठशालाको स्थापना कहिले भएको थियो?
✓वि.सं 1958
४)नेपालमा सर्वप्रथम एस.एल.सी बोर्डको स्थापना कहिले भयो?
✓वि सं 1990 कार्तिक 16
✓ वि सं 1990 को एसएलसी मा 34 जनाले फाराम भरेका थिए 33 जनाले परीक्षा दिएका थिए, जसमध्य 19 जना उत्तीर्ण भएका थिए । 10 जना दृतिया श्रेणीमा र 9 जना तृतीय श्रेणीमा पास भएका थिए ।
✓वि सं 1990 को एसएलसी मा पूर्णांक 900 थियो भने उतिर्णक 288 थियो ।
✓एसएलसीको सुरुवात हुँदा नेपाल का प्रधानमन्त्री जुद्ध शमशेर राणा थिए ।
✓
५) एस.एल.सी पास गर्ने पहिलो व्यक्ति को हुन् ?
✓चन्द्र शमशेर जबरा
६)एस.एल.सी पूरक परीक्षा को सुरुवात कहिले देखि भएको थियो ?
✓वि सं 2003
७) एस.एल.सी मा सर्वोकृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिले वाट बन्द भएको हो ?
✓वि सं 2062
८) सर्वप्रथम एसएलसी बोर्ड फस्ट हुने व्यक्ति को हुन् ?
✓पुस्पभक्त मल्ल
९)एसएलसीमा कहिले वाट कक्षा 10 पाठ्यक्रम वाट मात्रै सोध्न सुरु गर्यो?
✓वि सं 2063
१०) एसएलसी मा कहिलेबाट grading system by नजिक नतिजा आउन थालेको हो?
✓वि सं 2072
११) नेपालमा एसएलसी बोर्ड गठन हुँदा कतिवटा highschool सञ्चालनमा थिए?
✓2 (दरबार हाइस्कुल र पाटन हाई स्कूल)
१२) जङ्गबहादुरले थापाथलीको दाख चोकमा प्रथम अंग्रेजी स्कूल स्थापना कहिले गरेका थिए?
✓विसं 1910 असोज 27
१३) राज्यका तर्फबाट छात्रवृत्ति दिने प्रथाको शुरुवात कसले गरेका हुन् ?
✓पृथ्वी नारायण शाह
१४) सर्वप्रथम सरकारीस्तरमा पाठशाला खोल्ने अनुमति दिने व्यक्ति को हुन्?
✓रणोद्वीप सिंह
१५) स्कूलका पिता भनेर कसलाई चिनिन्छ ?
✓पद्मशमशेर
१६)नेपालमा महिला शिक्षा थालनी गर्ने राणा प्रधानमन्त्री को हुन्?
✓वीरशमशेर
१७) कहिलेदेखि दरबार स्कुल सर्वसाधारणका लागि खुल्ला भएको हो?
✓विसं 1942 वीरशमशेर पालादेखि
१८) काठमाडौ उपत्यका बाहिर खुलेको पहिलो क्याम्पस कुन हो?
✓ठाकुरराम कलेज वीरगन्ज
१९) काठमाडौँ उपत्यका बाहिर खुलेको पहिलो अंग्रेजी स्कूल कुन हो ?
✓चन्द्र मिडल स्कूल ,सिराहा( वि सं 1972)
२०)नेपालको प्रथम पुस्तकालय कुन हो ?
✓पुस्तक चिताई तहबिल
धर्म संस्कृति 25 प्रश्नोत्तर संगालो
१)" सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय :सर्वे भद्राणि पश्यन्तु मा कशिचद दुःख भागजन् " यो मुलमन्त्रलाई व्यवहारमा उतार्ने कोसिस कसले गरेका थिए?
✓शंकराचार्यले
२) शंकराचार्यले कुन धर्मको प्रशार गरे?
✓वैदिक सनातन धर्म
३) अद्धैतवाद का प्रचारक को हुन्?
✓अाध शंकराचार्य
४) शंकराचार्यलाई कसको अवतार मानिन्छ?
✓भगवान शंकर
५) शंकराचार्यको देहावसान कहिले भएको थियो?
✓सन् 820 (32 वर्षको उमेरमा)
६) वैदिक कालमा यज्ञादी गर्दा कुन चीनको प्रयोग भएको पाइन्छ?
✓षट्कोण र स्वस्तिक चिन्ह
७) षट्कोण लाई केको प्रतीक मानिन्छ?
✓सरस्वती
८) सनातन देखि चलिआएको" वेद "को संकलन गरी 4 भागमा वेदको विभाजन कसले गरेका थिए?
✓वेद व्यास (दौपा यान पनि भनिन्छ )।
✓वेद व्यासका बुबाको नाम पराशर ऋषि र आमाको नाम मत्स्यगन्धा (सत्यवती)।
✓वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको थियो।
✓वेदव्यास की पत्नी पिङला हुन्।
✓वेदव्यास लाई ग्रन्थकार ऋषि भनेर पनि चिनिन्छ।
✓वेदव्यास महाभारत, 18 पुराण ,18 उप पुरानाका स्रष्टा हुन्।
✓
९) चार वेद कुन कुन हुन् ?
✓ऋग्रवेद : सबैभन्दा प्राचीन ,यसमा देवी-देवताको बारेमा उल्लेख गरिएको छ।
✓यजुर्वेद: यज्ञ तथा पूजाको बिधिबारे उल्लेख भएको
✓अथर्ववेद : समाजशास्त्र , विज्ञान ,कृषि विज्ञान , गणित आदि विषयको बारेमा जानकारी रहेको छ।
✓सामवेद: उपवासको बेला गाइने गीतहरु रहेका छन् , संगीत बारे उल्लेख भएको छ।
१०) गायत्री मन्त्र कुन वेदमा उल्लेख छ?
✓ऋग्रवेद
११) गायत्री मन्त्रमा कुन देवताको प्रशंसा गरिएको छ?
✓सूर्य
१२) वेदका छ अङ्ग भन्नाले कुन कुन बुझिन्छ?
✓शिक्षा, कल्प ,व्याकरण, निरुक्त ,छन्द, ज्योतिष
१३) सबैभन्दा पुरानो वेद कुन हो?
✓ऋग्रवेद
१४) वेदलाई कुन कुन धर्मको साझा ग्रन्थ मानिन्छ?
✓हिन्दू र बौद्ध
१५) संगीतको उत्पत्ति वेदबाट भएको हो?
✓सामवेद
१६) वेदमा भएका मन्त्रहरू लाई भनिन्छ?
✓ऋचा
१७)ऋग्वेदमा कति मण्डल र सूत्र छन्?
✓10 मण्डल र 1017 सूत्र
१८) अथर्ववेद अनुसार इन्द्रको रथ कसले बनाएका थिए?
✓अनु
१९) ऋग्वेदमा सबैभन्दा बढि वर्णन गरिएको नदी कुन हो?
✓सरस्वती
२०) ऋग्रवेदमा सबैभन्दा बढी कसको प्रशंसा गरिएको छ?
✓इन्द्र
२१)अथर्ववेद कति मन्त्र छन्?
✓6000
२२)चारवटा उपवेद हरु कुन कुन हुन्?
✓आयुर्वेद: प्राचीन स्वास्थ्य विज्ञान।
✓ धर्नुवेद: युद्धकला बारे जानकारी।
✓गन्धर्व वेद: गायन कला सम्बन्धी जानकारी।
✓स्थापत्य वेद: बस्तु शास्त्र वा बस्तुकला सम्बन्धी जानकारी ।
२३)आयुर्वेद शास्त्रका प्रवर्तक को हुन्?
✓धन्वन्तरी
२४) आयुर्वेद विधाको एक शाखा चरक संहिता का लेखक को हुन्?
✓अग्निवेश
२५) सबैभन्दा पुरानो धार्मिक ग्रन्थ कुन हो?
✓वेद
# नेपाल राष्ट्र बैंक सहायक द्वितीय मा धर्म र संस्कृति सम्बन्धी सोधिएका प्रश्नहरु सोधिएका प्रश्नहरु :
१) वेद , त्रिपिटक र कुरान कुन कुन धर्मका ग्रन्थ हुन्?
✓Hindu ,बौद्ध ,Muslim /Islam (२०६६)
२) पञ्चकन्या भन्नाले कसलाई जनाउँछ ?(२०७१)
✓अहिल्या ,द्रौपदि, कुन्ती, तारा, मन्दोदरी
Thursday, August 23, 2018
विश्वको इतिहास ( World History)
१. प्राचीनकालीन सभ्यताहरूको विकास कहाँ भएको पाइन्छ? नदीको किनारमा
२. विश्व इतिहासलाई कति भागमा विभाजन गरिएको पाइन्छ? ५ भागमा
३. विश्व इतिहासलाई विभाजित गरिएका भागहरु के-के हुन? प्राग ऐतिहासिक युग, प्राचीन ऐतिहासिक युग, मध्य युग, आधुनिक युग र समकालीन योग
४. प्राग ऐतिहासिक युगलाई अर्को के नामले चिनिन्छ? हिम युग
५. प्राग ऐतिहासिक युगलाई कति भागमा विभाजन गरिएको पाइन्छ र ती के के हुन्? २ भागमा; पूर्व पाषाण युग र नव पाषाण युग
६. मिश्रको सभ्यता कहिले सुरु भएको मानिन्छ? ई. पू ३४००
७. विश्वको सबैभन्दा पुरानो सभ्यता कुन सभ्यतालाई मानिन्छ? मिश्रको सभ्यतालाई
८. मिश्रको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो? नाइल नदी
९. रोमन सभ्यता कुन नदी किनारमा विकसित भएको थियो? टाइबर
१०. मेसोपोटामियाको सभ्यता कुन नदी किनारमा विकसित भएको थियो? टिग्रिस र युफ्रेटस
११. बर्षमा 365 दिन हुन्छन् भन्ने मान्यताका साथ क्यालेन्डर निकाल्ने प्रचलन सभ्यताबाट सुरुवात भएको हो? रोमन सभ्यता
१२. मेसोपोटामियाको सभ्यता मा पुरोहित र मन्दिरलाई के का रूपमा लिइन्थ्यो? ज्ञानको केन्द्र
१३. सिन्धु घाँटीको सभ्यता कुन नदीको किनारमा विकसित थियो? सिन्ध र राभि
१४. सिन्धु घाँटीको सभ्यता विकसित भएको ठाउँ हाल कहाँ पर्दछ? पाकिस्तानको हडप्पा र मोहेन्जोदारो
१५. कुन सभ्यतामा सर्वप्रथम तामा पत्ता लगाइएको थियो? सिन्धुघाँटी
१६. प्रस्तर कलाको शुरुवात कहाँबाट भएको हो? मिश्र
१७. ग्रीसको प्राचीन सभ्यतालाई अर्को के नामले चिनिन्छ? यूनानी सभ्यता
१८. सर्वप्रथम नाटक लेख्ने र रंगमंचन गर्ने कार्यको थालनि कहाँबाट भएको हो? युनान
१९. दायाँबाट बायाँ लेख्ने लिपि विकास कुन सभ्यतामा भएको हो? मेसोपोटामिया
२०. भारतीय महाद्वीपमा विकसित भएको वैदिक सभ्यतालाई के भनिन्छ? आर्य सभ्यता
२१. युरोपमा प्राचीन युगको अन्त्य कहिले भएको मानिन्छ? सन् ४७६
२२. आजभन्दा 10,000 वर्षदेखि 6,000 बर्ष पूर्वको समयलाई कुन युग मानिन्छ? नव पाषाण युग
२३. ऐतिहासिक प्रमाण प्राप्त हुन नसकेको मानव इतिहासको प्रारम्भिक चरणलाई के भनिन्छ? प्राग ऐतिहासिक युग
२४. ईशापूर्व तेस्रो शताब्दीदेखि इशाको पाँचौ शताब्दी संयोग लाई के भनिन्छ? प्राचिन ऐतिहासिक युग
२५. ढुङ्गाको औजार बनाउन थालेदेखि आजभन्दा 11,000 वर्ष पूर्वको समयलाई कुन युग मानिन्छ? पूर्व पाषाण
२६. सिन्धुघाँटीको सभ्यताको बारेमा खोज गर्ने पहिलो इतिहासविद् को हुन्? Lord Alexander Cunningham
२७. विश्व इतिहासमा रोमन साम्राज्यको पतन सन् 476 देखि फ्रान्सको राज्यक्रान्ति सन् 1789 सम्मको अवधिलाई के नाम दिइएको छ? मध्यकाल
२८. मध्य युगमा इसाई र इस्लाम धर्मावलम्बीहरुको बिच भएको धर्मयुद्ध लाई कुन नामले चिनिन्छ? क्रुसेड
२९. चिनियाँ सभ्यताको विकास कहिले भएको मानिन्छ? ई. पू 2852
३०. मानव सभ्यता सम्बन्धी इतिहासमा सबैभन्दा बढी विकसित र महत्वपूर्ण सभ्यता कुनलाई मानिन्छ? ग्रीसको प्राचीन सभ्यता
३१. सबैभन्दा पहिले सिमेन्टको प्रयोग कुन सभ्यतामा भएको थियो? रोमको सभ्यता
३२. मध्य युगको धर्म सुधार आन्दोलनका प्रमुख प्रवर्तक को थिए? Martin luther
३३. डेटोटिक लिपि विकास कुन सभ्यता मा भएको थियो? मिश्रको सभ्यता
३४. पत्थरका मुद्राको विकास कुन सभ्यता मा भएको थियो? मेसोपोटामियाको सभ्यता
३५. इस्लाम धर्मको उदयलाई कुन युगको देन मानिन्छ? मध्य युगको
३६. सुमेरियन सभ्यतामा प्रमुख देवताको रुपमा केलाई लिइन्थ्यो? सूर्य र चन्द्रमा
३७. एमोराइटहरुले विकास गरेको सभ्यतालाई के भनिन्छ? बेबिलोनियन सभ्यता
३८. मध्य युगलाई अर्को के नामले चिनिन्छ? सामन्ती युग
३९. नगर योजना विकासको सुरुवात कुन सभ्यताको विशेषता मानिन्छ? सिन्धुघाटीको सभ्यता
४०. यूनानी सभ्यतामा राजालाई के भनिन्थ्यो? पोलिस
४१. पुर्नजागरण कालमा पत्ता लागेका देशहरूको कुन कुन हुन्? अमेरिका, जर्मनी र फिलिपिन्स
४२. सुर्य एवं ग्रहहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने विचारको खण्डन गरेबापत जिउँदै जलाइएका वैज्ञानिक को हुन्? गिआर्डिनो ब्रुनो
४३. चीनको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो? यागासी ह्वाङ्गहो र सिकियाङ नदिको किनारमा
४४. कुन क्रान्तिपश्चात् मध्य युगको अन्त्य भएको मानिन्छ? फ्रान्सको राज्य क्रान्ति
४५. २८२ धारा भएको हम्वुरावीको कानुन संहितालाई कुन सभ्यताको महत्वपूर्ण उपलब्धि मानिन्छ? मेसोपोटामियाको सभ्यता
४६. सुमेरियनहरुको कानून संग्रह कुन देवताका नाममा गरिएको थियो? जियस
४७. मध्यकालमा देशको सम्पूर्ण जमिनको मालिक को हुने व्यवस्था थियो? राजा
४८. यूनानी सभ्यतामा प्रमुख बाली के थियो? गहुँ
४९. कुन चहिँ सभ्यतामा सार्वजनिक सेवामा सर्व प्रथम प्रतियोगितात्मक प्रणाली अपनाइएको थियो? चिनियाँ सभ्यता
५०. मिश्रको इतिहासमा कसको युगलाई स्वर्ण युग भनिन्छ? अमनहोटेप चतुर्थ
नेपालको इतिहास History Of NEPAL
नेपालको भौगोलिक बनोटले नेपालको इतिहासमा अत्याधिक प्रभाव पारेको देखिन्छ। नेपाल दुर्गम पहाडी मुलुक भएका कारणले विदेशी आक्रमणकारीहरु बाट मुक्त तर बिदेशी शरणार्थीहरुका लागि भरपर्दो आश्रय स्थल बनेको थियो । गोपाल ,महिषपाल किराँत लिच्छवी मल्ल शाक्य बंश जस्ता शरणार्थीहरुका रुपमा नेपाल प्रवेश गरी नेपालको मौलिक संस्कृति र सभ्यताको विकास गर्न उल्लेख्य योगदान गरेका छन् । लिच्छवि तथा मल्लकालमा नेपालको सामाजिक आर्थिक राजनीतिक धार्मिक कला संस्कृति ज्ञान विज्ञानका क्षेत्रमा उल्लेखनीय विकास भएको देखिन्छ । नेपाल राज्यको स्थापना र विकास बारे पौराणिक आख्यान भएकोले यसको ऐतिहासिक धारा अति प्राचीन मानिन्छ तापनि वैज्ञानिक प्रमाणहरूको अभावका स्थितिमा स्पष्ट हुन नसकेकोले नयाँ प्रमाणहरूको खोजी गर्ने प्राप्त प्रमाणहरूको वैज्ञानिक अध्ययन र विश्लेषण गर्ने प्रयास जारी छ। नेपालको इतिहासको अध्ययनका लागि पुरातात्विक स्रोतहरू ,विदेशी यात्रीहरूको यात्रा वर्णन र साहित्यिक स्रोतहरूको साहारा ,सहयोग लिएको छ ।
विसं 521 को मानदेवद्वारा तीन पुस्ताको उल्लेख गरी चाँगुनारायणमा स्थापित शिलालेख विसं 562 मा मानदेवकी छोरी विजययवतिद्वारा स्थापित पशुपति सुर्यघाट को प्राचीन अभिलेखहरूले नेपालको इतिहासलाई स्वास्थ्य दिशा प्रदान गरेका छन्। नेपालका भ्रमणमा यहाँको वर्णन गर्ने उपलब्ध श्रोत हरु को आधारमा नेपालको बिषयमा चर्चा गरिएका भारतीय स्रोत, चिनियाँ स्रोत र युरोपेली स्रोत तथा सामग्रीहरु पनि नेपालको इतिहासको अध्ययन गर्न विश्वासनिय स्रोतका रूपमा लिन सकिन्छ ।
गोपाल वंश
•नेपालका प्रथम राजाहरु गोपालवंशी थिए।
•गोपाल भन्नाले गाईपालक समुदाय भन्ने जनाउँछ।
•दक्षिणबाट आएका गोपालहरु र नेपालमा रहेका प्राचीन नागजाति बिच भिडन्त हुँदा नाग जाति पराजित भई दक्षिण भेग तर्फ लागे भने नेपाल उपत्यकामा गोपाल हरूको वर्चस्व कायम भयो।
•टेकु दोभानमा तपस्या गरी बस्ने ने मुनीले गोपालवंशका भुक्तमान (भूमि गुप्त)लाई राजा बनाएका थिए।
•गोपालवंशी का 8 पुस्ताका राजाहरूले नेपालमा राज्य गरेका थिए ।
•आठवटा राजाहरु भूमिगुप्त ,जीत गुप्त , जय गुप्त ,धर्म गुप्त , हर्ष गुप्त , भीम गुप्त , मणि गुप्त र विष्णु गुप्तले 507 वर्ष चार महिना राज्य गरेका थिए ।
•गोपाल हरुकाे शासन केन्द्र कीर्तिपुर पश्चिमतर्फ मातातीर्थमा थियो ।
•त्यस समयमा नेपालको सिमाना पूर्वमा दुधकोशी देखि पश्चिमा त्रिशुली गंगासम्म , उत्तरमा गोसांईकुण्ड देखि दक्षिणमा चित्लाङसम्म फैलिएको थियो ।
अभिर बंश
•गोपालवंशका जित गुप्तलाई युद्धमा पराजित गरी अभिर महिषपाल हरु शासन गरेका थिए ।
•गाई पाल्नेलाई गोपाल भन्याजस्तै भैसी पाल्नेलाई महिषपाल वा आभिर भनिन्छ ।
•कर्क प्याट्रिक को वंशावलीमा अाभिर हरु राजपूत ग्वालाहरु भएका र सिम्रौनगढ र जनकपुरबीचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठूलो संख्या मा भैसी पाल्ने गरेकोमा उपत्यका प्रवेश गरी गोपाल बंशी राजालाई हराई शासनमा नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ।
•अभिर वंशका वरसिंह , जयसिंह र भुवनसिंह गरी तीन पुस्ताका राजाले सय वर्षभन्दा बढी अवधिसम्म नेपालमा शासन गरेका थिए ।
•भुवन सिंहको पालामा पूर्वतिरबाट आएका किराँती समुदायका नाइके एलम अर्थात् यलम्बरले आक्रमण गरी भुवनसिंहलाई पराजित गरी राज्यसत्तामा आफ्नो नियन्त्रण कायम गरेको थियो।
किंरात बंश
•किरात वंशको सुरुवात पौराणिक रुपमा हेर्ने हो भने यो समेत द्वापर युगको अन्त्य वा कलियुगको प्रारम्भतिर इसापूर्व छैटौं शताब्दीमा यो घटना घटेको मानिन्छ ।
•किरातवंशका 29 पुस्ताका राजाहरूले झण्डै 1500 वर्ष जति शासन चलाएको मानिन्छ ।
•किराँत नेपालका कति प्राचीन जाति हुन् जसको चर्चा रामायण तथा महाभारत जस्ता पौराणिक ग्रन्थ मा समेत गरिएको छ।
•पाटनको पुरानो नाम “यल:” यलम्बर कै नाममा राखिएको मानिन्छ भने इन्द्रजात्रामा इन्द्रचोकमा प्रदर्शन गरिने आकाशभैरवको शिरलाई यलम्बरको मूर्ति मानेर पुजा गरिन्छ ।
•किराती राजा हु मोदीको पालामा भगवान बुध्द नेपाल उपत्यका आउनु भएको हो ।
•छैठौं किराँती राजा हुमतिको पालामा किराती रुपधारी महादेव र अर्जुन बीच युद्ध भएको थियो।
•सातौं किराती राजा जितेदास्तीले पाण्डवको पक्ष मा भारतको कुरुक्षेत्र युद्धमा भाग लिएका थिए।
•चौधौं किराती राजा स्थुङको को पालामा मौर्य बंशी भारतीय सम्राट अशोक नेपाल आई एकलाख असर्फी दान गरी भगवान बुद्धको स्मृतिमा स्तम्भ निर्माण गराएका थिए ।
•15औं पुस्ताका किराँती राजा अशोक का दरले मातातीर्थ छोडी गोकर्णमा दरबार बनाई त्यहीँबाट राज्य चलाउन थाले ।
•28औं पुस्ताका किराँती राजा सोमवंशि राजा हरूको आक्रमणबाट बच्न गोकर्ण पनि छाडी शंखमुल तिर राजधानी बनाई बसे ।
१.२.४ नेपालमा प्रचलित धर्म, संस्कृति, जातजाति ,भाषा ,साहित्य र कला नेपालका जातजाति:
१. “नेपाल एसियाको जातीय गोलमेच हो” भनी उल्लेख गर्ने ब्यक्ती को हुन्? टोनी हेगन
२. नेपाललाई धर्म निरपेक्ष कहिले घोषणा गरिएको हो? वि सं २०६३ जेष्ठ ४ गते
३. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भएको थियो? वि सं २०५८ सालमा
४. नेपालमा सरकारद्वारा सूचीकृत आदिवासी जनजातिलाई कति समूहमा प्राथमिकीकरण तथा वर्गीकरण गरिएको छ? ५
५. सूचीकृत आदिवासी जनजातिलाई कुन निकायले 5 समूहमा प्राथमिकीकरण तथा वर्गीकरण गरेको थियो? आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
६. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी जनजातिलाई 5 समूहमा प्राथमिकीकरण र वर्गीकरण गर्दा लिइएका आधारहरु कतिवटा छन्? ६
७. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बाट आदिवासी जनजातिलाई 5 समूहमा वर्गीकरण गर्दा लिएका छवटा आधारहरु कुनकुन हुन्? साक्षरता दर, घर तथा आवास सुविधा, पेशा, भाषा, शिक्षाको स्तर र जनसंख्याको आधार
८. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये उन्नत समूहमा पर्ने जनजाति कुन हो? थकाली
९. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्ने जनजाति कति छन्? ३
१०. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरु मध्ये सुविधा बन्चित समूहमा पर्ने जनजाति कति छन्? ८
११. हिमाली क्षेत्रका सीमान्तकृत समूहमा परेका जनजाति कति छन्? ७
१२. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये उन्नत समूहमा पर्ने जनजाति कुन हो? नेवार
१३. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तकृत समूहमा पर्ने जनजाति कति छन्? ६
१४. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये सुविधा बन्चित समूहमा पर्ने जनजाति कति छन्? ७
१५. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये लोपउन्मुख समूहमा पर्ने जनजाति कति छन्? ६
१६. तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये लोपोन्मुख समूहमा परेका जनजाति कति छन्? २
१७. तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तकृत समूहमा परेका जनजाति कति छन्? ५
१८. तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरुमध्ये अति सीमान्तकृत समूहमा परेका जनजाति कति छन्? ३
१९. पृथ्वी नारायण शाह को पालामा वीर रसका कथा गोरखा सेनाहरुलाई सुनाएर उत्साहित पारी एकीकरण अभियानमा सघाउने दलित को थिए? विसे नगर्ची
२०. तरालि मगरहरूको बसोबास कुन जिल्लामा रहेको छ? डोल्पा
२१. तामाङ समुदायको मुख्य व्यक्ति लाई के भनिन्छ? मुल्मी
२२. पूर्वका बासिन्दा भनेर चिनिने नेपालको कुन जाती हो? शेर्पा
२३. शेर्पा जातिका महिलाले लगाउने लुगालाई के भनिन्छ? पाङदेन
२४. चोनाम कुन जातिको मुख्य चाड हो? चेपाङ
२५. चेपाङहरुलाई प्रजा जातिको रुपमा नामाकरण कहिले गरिएको थियो? वि सं २०३४
२६. थकालीहरुले मनाउने धर्महरु कुनकुन हुन्? बौद्ध र बोन
२७. निर्देशक एरिक भेलीले कुन जातिको संस्कृतिमा आधारित चलचित्र caravan बनाएका थिए? डोल्पो
२८. व्यासी जातिको मुख्य चाड के हो? धवला
२९. मुस्ताङ जिल्लाको ल्होमन्थाङमा बसोबास गर्ने जाति कुन हो? ल्होपा
३०. कुन जातिमा ठूली छोरीको बडानी पूजा गरी व्रतबन्ध गर्ने प्रचलन रहेको छ? ब्यासी
३१. तारो हान्ने प्रतियोगिता कुन जातिमा प्रचलित छ? मनाङ्गे
३२. ठकुरी जातिको प्रमुख वासस्थानको रुपमा रहेको स्थान कुन हो? बैतडी
३३. लेप्चाहरुले कसलाई इष्टदेवता मान्दछन्? कञ्चनजङ्घालाई
३४. राई जातिको लोक बाजा केलाइ मानिन्छ? बिनायो
३५. कर्णाली अञ्चल खस जातिको कुल देवतालाई के भनिन्छ? मस्टो
३६. सुपारी बिवाहको चलन रहेको जाति कुन हो? धिमाल
३७. मगर जातिको धर्मग्रन्थलाई के भनिन्छ? फोग्यु
३८. दशै नाच कुन जातिले मनाउछन? सतार
३९. जनजातिहरु मध्ये सबैभन्दा धेरै संख्यामा रहेको जनजाति कुन हो? मगर
४०. नेपालमा भुँयार र दारेमष्टको पूजा गर्ने प्रचलन कुन जातिमा रहेको छ? झाँगड
४१. कुन योजनादेखि सबै आदिवासीलाई लक्षित गरी कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गरिएको थियो? नवौं योजनादेखि
४२. मेचे जातिका महिलाले लगाउने भेषभूषालाई के भनिन्छ? डोखना
४३. सतारहरुको मुख्य मानिसलाई के भनिन्छ? माझिमडाम
४४. मातृसत्तात्मक समाज भएको जाति कुन हो र कहाँ बसोबास गर्दछन्? पहरी, काभ्रे
४५. छोरी ज्वाईलाई अंश पाउने प्रथा कुन जातिमा प्रचलित रहेको छ? मतवाली क्षेत्री
४६. दुलहा प्रतिनिधीको रुपमा हतियार पठाएर विवाह सम्पन्न गर्ने जाति कुन हो? थारु
४७. चामलको पिठो लाई बाफमा पकाएर तयार पारेको परिकारलाई थारुहरुले के भन्दछन? ढिक्री
४८. चतारा जातिको बसोबास भएको जिल्ला कुन हो? गोरखा
४९. नेपालमा सबैभन्दा बढि बाहुल्यता भएको जाति कुन हो? क्षेत्री (१६.६%)
५०. कुन जातिमा मृत्युपछि “घेवा” गराउने चलन रहेको छ? तामाङ्ग
कसलाई के भनेर चिनिन्छ
➤ स्कुलका पिता — पद्म शमशेर ➤ सन्की राजा — श्री ५ सुरेन्द्र ➤ जिउँदो सिंह — अमरसिंह थापा ➤ कला बहादुर — माथवरसिंह थापा ➤ अभागी राजा...
-
१. “नेपाल एसियाको जातीय गोलमेच हो” भनी उल्लेख गर्ने ब्यक्ती को हुन्? टोनी हेगन २. नेपाललाई धर्म निरपेक्ष कहिले घोषणा गरिएको हो? वि सं २...
-
१)" सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय :सर्वे भद्राणि पश्यन्तु मा कशिचद दुःख भागजन् " यो मुलमन्त्रलाई व्यवहारमा उतार्ने कोस...
-
१. प्राचीनकालीन सभ्यताहरूको विकास कहाँ भएको पाइन्छ? नदीको किनारमा २. विश्व इतिहासलाई कति भागमा विभाजन गरिएको पाइन्छ? ५ भागमा ३. विश्व...