नेपालको भौगोलिक बनोटले नेपालको इतिहासमा अत्याधिक प्रभाव पारेको देखिन्छ। नेपाल दुर्गम पहाडी मुलुक भएका कारणले विदेशी आक्रमणकारीहरु बाट मुक्त तर बिदेशी शरणार्थीहरुका लागि भरपर्दो आश्रय स्थल बनेको थियो । गोपाल ,महिषपाल किराँत लिच्छवी मल्ल शाक्य बंश जस्ता शरणार्थीहरुका रुपमा नेपाल प्रवेश गरी नेपालको मौलिक संस्कृति र सभ्यताको विकास गर्न उल्लेख्य योगदान गरेका छन् । लिच्छवि तथा मल्लकालमा नेपालको सामाजिक आर्थिक राजनीतिक धार्मिक कला संस्कृति ज्ञान विज्ञानका क्षेत्रमा उल्लेखनीय विकास भएको देखिन्छ । नेपाल राज्यको स्थापना र विकास बारे पौराणिक आख्यान भएकोले यसको ऐतिहासिक धारा अति प्राचीन मानिन्छ तापनि वैज्ञानिक प्रमाणहरूको अभावका स्थितिमा स्पष्ट हुन नसकेकोले नयाँ प्रमाणहरूको खोजी गर्ने प्राप्त प्रमाणहरूको वैज्ञानिक अध्ययन र विश्लेषण गर्ने प्रयास जारी छ। नेपालको इतिहासको अध्ययनका लागि पुरातात्विक स्रोतहरू ,विदेशी यात्रीहरूको यात्रा वर्णन र साहित्यिक स्रोतहरूको साहारा ,सहयोग लिएको छ ।
विसं 521 को मानदेवद्वारा तीन पुस्ताको उल्लेख गरी चाँगुनारायणमा स्थापित शिलालेख विसं 562 मा मानदेवकी छोरी विजययवतिद्वारा स्थापित पशुपति सुर्यघाट को प्राचीन अभिलेखहरूले नेपालको इतिहासलाई स्वास्थ्य दिशा प्रदान गरेका छन्। नेपालका भ्रमणमा यहाँको वर्णन गर्ने उपलब्ध श्रोत हरु को आधारमा नेपालको बिषयमा चर्चा गरिएका भारतीय स्रोत, चिनियाँ स्रोत र युरोपेली स्रोत तथा सामग्रीहरु पनि नेपालको इतिहासको अध्ययन गर्न विश्वासनिय स्रोतका रूपमा लिन सकिन्छ ।
गोपाल वंश
•नेपालका प्रथम राजाहरु गोपालवंशी थिए।
•गोपाल भन्नाले गाईपालक समुदाय भन्ने जनाउँछ।
•दक्षिणबाट आएका गोपालहरु र नेपालमा रहेका प्राचीन नागजाति बिच भिडन्त हुँदा नाग जाति पराजित भई दक्षिण भेग तर्फ लागे भने नेपाल उपत्यकामा गोपाल हरूको वर्चस्व कायम भयो।
•टेकु दोभानमा तपस्या गरी बस्ने ने मुनीले गोपालवंशका भुक्तमान (भूमि गुप्त)लाई राजा बनाएका थिए।
•गोपालवंशी का 8 पुस्ताका राजाहरूले नेपालमा राज्य गरेका थिए ।
•आठवटा राजाहरु भूमिगुप्त ,जीत गुप्त , जय गुप्त ,धर्म गुप्त , हर्ष गुप्त , भीम गुप्त , मणि गुप्त र विष्णु गुप्तले 507 वर्ष चार महिना राज्य गरेका थिए ।
•गोपाल हरुकाे शासन केन्द्र कीर्तिपुर पश्चिमतर्फ मातातीर्थमा थियो ।
•त्यस समयमा नेपालको सिमाना पूर्वमा दुधकोशी देखि पश्चिमा त्रिशुली गंगासम्म , उत्तरमा गोसांईकुण्ड देखि दक्षिणमा चित्लाङसम्म फैलिएको थियो ।
अभिर बंश
•गोपालवंशका जित गुप्तलाई युद्धमा पराजित गरी अभिर महिषपाल हरु शासन गरेका थिए ।
•गाई पाल्नेलाई गोपाल भन्याजस्तै भैसी पाल्नेलाई महिषपाल वा आभिर भनिन्छ ।
•कर्क प्याट्रिक को वंशावलीमा अाभिर हरु राजपूत ग्वालाहरु भएका र सिम्रौनगढ र जनकपुरबीचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठूलो संख्या मा भैसी पाल्ने गरेकोमा उपत्यका प्रवेश गरी गोपाल बंशी राजालाई हराई शासनमा नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ।
•अभिर वंशका वरसिंह , जयसिंह र भुवनसिंह गरी तीन पुस्ताका राजाले सय वर्षभन्दा बढी अवधिसम्म नेपालमा शासन गरेका थिए ।
•भुवन सिंहको पालामा पूर्वतिरबाट आएका किराँती समुदायका नाइके एलम अर्थात् यलम्बरले आक्रमण गरी भुवनसिंहलाई पराजित गरी राज्यसत्तामा आफ्नो नियन्त्रण कायम गरेको थियो।
किंरात बंश
•किरात वंशको सुरुवात पौराणिक रुपमा हेर्ने हो भने यो समेत द्वापर युगको अन्त्य वा कलियुगको प्रारम्भतिर इसापूर्व छैटौं शताब्दीमा यो घटना घटेको मानिन्छ ।
•किरातवंशका 29 पुस्ताका राजाहरूले झण्डै 1500 वर्ष जति शासन चलाएको मानिन्छ ।
•किराँत नेपालका कति प्राचीन जाति हुन् जसको चर्चा रामायण तथा महाभारत जस्ता पौराणिक ग्रन्थ मा समेत गरिएको छ।
•पाटनको पुरानो नाम “यल:” यलम्बर कै नाममा राखिएको मानिन्छ भने इन्द्रजात्रामा इन्द्रचोकमा प्रदर्शन गरिने आकाशभैरवको शिरलाई यलम्बरको मूर्ति मानेर पुजा गरिन्छ ।
•किराती राजा हु मोदीको पालामा भगवान बुध्द नेपाल उपत्यका आउनु भएको हो ।
•छैठौं किराँती राजा हुमतिको पालामा किराती रुपधारी महादेव र अर्जुन बीच युद्ध भएको थियो।
•सातौं किराती राजा जितेदास्तीले पाण्डवको पक्ष मा भारतको कुरुक्षेत्र युद्धमा भाग लिएका थिए।
•चौधौं किराती राजा स्थुङको को पालामा मौर्य बंशी भारतीय सम्राट अशोक नेपाल आई एकलाख असर्फी दान गरी भगवान बुद्धको स्मृतिमा स्तम्भ निर्माण गराएका थिए ।
•15औं पुस्ताका किराँती राजा अशोक का दरले मातातीर्थ छोडी गोकर्णमा दरबार बनाई त्यहीँबाट राज्य चलाउन थाले ।
•28औं पुस्ताका किराँती राजा सोमवंशि राजा हरूको आक्रमणबाट बच्न गोकर्ण पनि छाडी शंखमुल तिर राजधानी बनाई बसे ।
Thursday, August 23, 2018
नेपालको इतिहास History Of NEPAL
Subscribe to:
Post Comments (Atom)
कसलाई के भनेर चिनिन्छ
➤ स्कुलका पिता — पद्म शमशेर ➤ सन्की राजा — श्री ५ सुरेन्द्र ➤ जिउँदो सिंह — अमरसिंह थापा ➤ कला बहादुर — माथवरसिंह थापा ➤ अभागी राजा...
-
१. “नेपाल एसियाको जातीय गोलमेच हो” भनी उल्लेख गर्ने ब्यक्ती को हुन्? टोनी हेगन २. नेपाललाई धर्म निरपेक्ष कहिले घोषणा गरिएको हो? वि सं २...
-
१)" सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय :सर्वे भद्राणि पश्यन्तु मा कशिचद दुःख भागजन् " यो मुलमन्त्रलाई व्यवहारमा उतार्ने कोस...
-
१. प्राचीनकालीन सभ्यताहरूको विकास कहाँ भएको पाइन्छ? नदीको किनारमा २. विश्व इतिहासलाई कति भागमा विभाजन गरिएको पाइन्छ? ५ भागमा ३. विश्व...
No comments:
Post a Comment